पुथाउत्तरगंगाको उपाध्यक्षमा माओवादी केन्द्रको अग्रता

पुथाउत्तरगंगाको उपाध्यक्षमा माओवादी केन्द्रको अग्रता

सोमवार, मंसिर १७ २०८१
सोमवार, मंसिर १७ २०८१
  • पुथाउत्तरगंगाको उपाध्यक्षमा माओवादी केन्द्रको अग्रता

    काठमाडौं । रुकुमपूर्व पुथाउत्तारङ्गा गाउँपालिकाको मतगणना जारी रहेको छ । वडानम्बर १, १३ र १४ वडाको मतगणना हुँदा माओवादी केन्द्रले अग्रता लिएको छ ।

    माओवादीकी नरपुरा बुढाले १ हजार ७६ मतका साथ अग्रता लिएकी छन् । कांग्रेसको रुख चिह्नबाट चुनाव लडेकी एमाले जिल्ला उपसचिव केशकुमारी तुलाचनले ७ सय  मत पाएकी छन् ।

    यो पालिकामा एमाले–कांग्रेसको गठबन्धन छ । यसअघि माओवादीबाट निर्वाचित भूपेन्द्रा बुढाको बागलुङ दुर्घटनामा निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो ।

    यो पालिकाको वडानम्बर २ मा भने माओवादीका जगत घर्ती निर्विरोध निर्वाचित भइसकेका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij