करिब ४५ मिनेटपछि खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

करिब ४५ मिनेटपछि खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

सोमवार, मंसिर १७ २०८१
सोमवार, मंसिर १७ २०८१
  • करिब ४५ मिनेटपछि खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जाँदा बन्द गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल करिब ४५ मिनेटपछि खुलेको छ । 

    प्रधानमन्त्री ओली ११ः०५ बजे हिमालय एयरलाइन्सको जहाजमार्फत चीन उडेका छन् । उनी उड्नुअघि र पछि गरेर विमानस्थल आधा घण्टा बन्द गर्ने भनिए पनि करिब ४० मिनेट अन्य उडान अवतरण भएनन् । 

    अहिले ११ बजेर २३ मिनेटमा श्री एयरलाइन्सको नेपालगन्जबाट आएको जहाज अवतरण गरेको छ । उक्त जहाज हेटौँडामाथिको आकाशमा करिब ४० मिनेटसम्म होल्ड भएको थियो ।  

    प्रधानमन्त्रीको उडानका कारण नेपालगञ्जबाटै आएको बुद्ध एयरको जहाज, छेन्दुबाट आएको सिचुवान एयरलाइन्सको विमान र क्वालालम्पुरबाट आएको मलेसिया एयरलाइन्सको विमान लामो समय होल्ड रहे । अब क्रमशः यी विमानहरू अवतरण भइरहेका छन् । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij