त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टा बन्द

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टा बन्द

सोमवार, मंसिर १७ २०८१
सोमवार, मंसिर १७ २०८१
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टा बन्द

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज सोमबार चीन भ्रमणमा जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टा बन्द गरिने भएको छ । प्रधानमन्त्री ओली आज बिहान ११ बजे निजी अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सको जहाज लिएर चीनको औपचारिक भ्रमणमा जान लागेका हुन् ।

    प्रधानमन्त्री चढेको जहाज उड्नुअघि २५ मिनेट र उडिसकेपछि ५ मिनेट गरी आधा घण्टा त्रिभुवन विमानस्थलमा अन्य जहाजका उडान–अवतरण नहुने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

    यसका लागि सबै आन्तरिक तथा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई नोटिस फर एयरमेन (नोटाम) जारी गरिसकिएको जनाइएको छ । 

    अहिले बिहान १०ः३५ बजेबाट ११ः०५ बजेसम्म अरू वायुसेवा कुनैको पनि उडान–अवतरण हुँदैन । प्रधानमन्त्री ओलीको जहाज ११ बजे उडेको ५ मिनेटपछि मात्र अन्य वायुसेवाको नियमित उडान हुनेछ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij