पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्षको मतगणना सुरु

पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्षको मतगणना सुरु

सोमवार, मंसिर १७ २०८१
सोमवार, मंसिर १७ २०८१
  • पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्षको मतगणना सुरु

    काठमाडौं । पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्षका लागि भएको उपनिर्वाचनको मतगणना सुरू भएको छ । सर्वदलीय र सर्वपक्षीय बैठकपश्चात आज बिहान १० बजेदेखि मतगणना सुरू गरिएको हो ।

    पालिकाका जम्मा १४ वडामा रहेका २२ मतदान केन्द्रबाट रातिसम्म सबै मतपेटिका संकलनको कार्य सकिएपछि आवश्यक प्रक्रिया पूरा गरेर मतगणना सुरू भएको जनाइएको छ । 

    गत भदौ २८ गते बागलुङमा जिप दुर्घटना हुँदा पालिका उपाध्यक्ष भूपेन्द्रा बुढा र २ नं. वडा अध्यक्ष जसबहादुर सिर्पालीको मृत्यु भएपछि उक्त दुई पद रिक्त भएका थिए ।

    अहिले उपनिर्वाचनमा एमालेका तर्फबाट कांग्रेसको चुनाव चिह्न लिएर केशकुमारी तुलाचन र माओवादी केन्द्रका तर्फबाट नरपुरा बुढा पुन उम्मेदवार छन् ।

    वडाध्यक्ष पदमा भने उम्मेदवारी दिएका एमाले र १ जना स्वतन्त्र उम्मेदवारले उम्मेदवारी फिर्ता लिएपछि माओवादी केन्द्रका जगत घर्ती सर्वसम्मत निर्वाचित भइसकेका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij