दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष र बाजुराको स्वामीकार्तिकको उपाध्यक्षमा एमालेका उम्मेदवार विजयी

दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष र बाजुराको स्वामीकार्तिकको उपाध्यक्षमा एमालेका उम्मेदवार विजयी

सोमवार, मंसिर १७ २०८१
सोमवार, मंसिर १७ २०८१
  • दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष र बाजुराको स्वामीकार्तिकको उपाध्यक्षमा एमालेका उम्मेदवार विजयी

    काठमाडौं । दैलेखको महाबु गाउँपालिका अध्यक्षमा नेकपा एमालेका जंगबहादुर शाही निर्वाचित भएका छन् । तीन हजार एक सय २७ मत प्राप्त गरी उनी निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश कुलप्रसाद पाण्डेले जानकारी दिए ।

    उनका निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका झलकबहादुर भण्डारीले दुई हजार छ सय ७५ मत पाएका थिए । नवनिर्वाचित अध्यक्ष शाही २०७४ सालको निर्वाचनमा एमालेको तर्फबाट अध्यक्ष पद जितेका थिए ।

    २०७८ सालमा एमालेबाट विभाजित भएको नेकपा एकीकृत समाजवादीमा लागेका थिए । स्थानीय तह उपनिर्वाचनको उम्मेदवारी दिने समयमै कात्तिक अन्तिम साता नेकपा एमालेमा प्रवेश गरी यो पदमा उम्मेदवार बनेका थिए । उनी २०५४ सालको स्थानीय निर्वाचनमा काँशीकाँध गाविसको उपाध्यक्ष निर्वाचित भएका थिए । 

    बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा नेपाल एमालेकी सुलोचनाकुमारी भण्डारी विजयी भएकी छिन् ।

    भण्डारीले एक हजार सात सय ४० मत प्राप्त गरी विजयी भएको मुख्य निर्वाचन अधिकृत सञ्जीव पोखरेलले जानकारी दिए ।

    निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी पुल्तिसरा शाहीले एक हजार चार सय ७४ प्राप्त गरेकी छिन् । निर्वाचित भण्डारी वि।सं।२०७९ को चुनावमा नेपाली कांग्रेसकी मैनादेवी जोशीसँग पराजित भएकी थिइन् । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij