कीर्तिपुर नगरपालिकामा ६५ प्रतिशत मतदान

कीर्तिपुर नगरपालिकामा ६५ प्रतिशत मतदान

आइतवार, मंसिर १६ २०८१
आइतवार, मंसिर १६ २०८१
  • कीर्तिपुर नगरपालिकामा ६५ प्रतिशत मतदान

    कीर्तिपुर । कीर्तिपुर नगरपालिकाको उपनिर्वाचनमा ६५.३९ प्रतिशत मतदान भएको छ । कीर्तिपुरको कुल मतदाता सङ्ख्या ३१ हजार १ सय २२ रहेकामा  २० हजार ३ सय ४६ मत खसेको थियो ।

    मतदान अधिकृत इन्दिरा कार्कीका अनुसार कीर्तिपुरका सबै २० मतदानस्थलमा बिहान ७ बजेदेखि सुरु भएको मतदान दिनभर शान्तिपूर्ण रुपमा रही साँझ ५ बजे सम्पन्न भएको हो । नगरपालिका प्रमुख र वडा नं १ र ४ का वडाध्यक्षका लागि भएको उपनिर्वाचनमा प्रमुख पदमा दलीय र स्वतन्त्र गरी २० उम्मेदवार रहेका छन् भने वडा नं १ मा नौ तथा वडा नं ४ मा १२  उम्मेदवार चुनावी मैदानमा छन् । 

    कीर्तिपुरका तत्कालीन नगरप्रमुख राजकुमार नकर्मी, वडा नं १ का वडाध्यक्ष हिरालाल महर्जन र वडा नं ४ का वडाध्यक्ष श्यामराज अधिकारीको निधन भएपछि उपचुनाव भएको हो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij