कोकिनसहित केन्याली महिला पक्राउ

कोकिनसहित केन्याली महिला पक्राउ

आइतवार, मंसिर १६ २०८१
आइतवार, मंसिर १६ २०८१
  • कोकिनसहित केन्याली महिला पक्राउ

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कोकिनसहित आज एक केन्याली महिला पक्राउ परेकी छिन् । 

    सशस्त्र प्रहरी बल नेपाल विमानस्थल भन्सार सुरक्षा बेस र विमानस्थल भन्सार कार्यालयको संयुक्त जाँचका क्रममा हाते झोलाभित्रको खेलौनामा लुकाएर ल्याइएको ६ किलो ८ सय ४० ग्राम कोकिन जस्तो पदार्थसहित केन्याली महिला छिलियन केरुबो ओगिटो पक्राउ परेकी हुन् । 
     
    कतार एयरवेजको उडानबाट आएकी उनलाई थप अनुसन्धान र कारबाहीका लागि प्रहरीलाई बुझाइको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । 

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij