आज कीर्तिपुरको मेयर पदको मतगणना नहुने

आज कीर्तिपुरको मेयर पदको मतगणना नहुने

आइतवार, मंसिर १६ २०८१
आइतवार, मंसिर १६ २०८१
  • आज कीर्तिपुरको मेयर पदको मतगणना नहुने

    काठमाडौं । कीर्तिपुर नगरपालिकामा मेयर पदको मतगणना नहुने भएको छ । निर्वाचन आयोगको विवरण अनुसार ३१ हजार १ सय १२ मतदातामध्ये २१ हजार ३ सय ६२ मत खसेको हो । जसमध्ये ६८.६६ प्रतिशत मत खसेको छ ।  

    कीर्तिपुरमा मेयर पदमा र वडा नम्बर १ र ४ मा वडाध्यक्ष पदमा उपनिर्वाचन भएको थियो । कीर्तिपुरमा पहिले वडाध्यक्षको र त्यसपछि, मात्र मेयर पदको मतगणना सुरु हुने छ । वडाको मतगणना सुरु गर्नुअघि ८ बजे सर्वदलीय बैठक बोलाइएको छ ।

    कीर्तिपुरको मतगणना नगरपालिकाको हलमा र वडा नम्बर १६ को मतगणना वडा कार्यालयमै हुने निर्वाचन आयोगले जनाएको छ । यसैगरी काठमाडौं महानगरपालिका वडा नम्बर १६ मा भने ५० प्रतिशत मात्र मत खसेको छ ।

    काठमाडौंको वडानम्बर १६ मा २१ हजार २५ मतदातामध्ये १० हजार ५ सय ३९ जनाले मात्र मतदान गरेको निर्वाचन आयोगले जनाएको छ । त्यहाँको मतगणना आजै सुरु गर्ने तयारी छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij