उदयपुरका दुवै वडामा आजै मतगणना शुरू हुने

उदयपुरका दुवै वडामा आजै मतगणना शुरू हुने

आइतवार, मंसिर १६ २०८१
आइतवार, मंसिर १६ २०८१
  • उदयपुरका दुवै वडामा आजै मतगणना शुरू हुने

    उदयपुर । स्थानीय तह उपनिर्वाचन अन्तर्गत उदयपुरको बेलका नगरपालिका –९ र त्रियुगा नगरपालिका– १२ मा मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । उदयपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेकाअनुसार, बेलका नगरपालिका –९ मा तीन हजार १३६ मतदाता रहेकोमा एक हजार ८ सय ८५ मत अर्थात्  (६०.६३ प्रतिशत) मत खसेको छ । त्यसैगरी त्रियुगा नगरपालिका– १२ मा तीन हजार ८४७ मतदाता रहेकोमा २५ सय २७ मत अर्थात (६५.६९ प्रतिशत) खसेको छ ।

    उपनिर्वाचन सम्पन्न भएसँगै सर्वदलीय बैठक बसी आजै मत गणनाको कार्य सुरु गरिने निर्वाचन कार्यालयले जनाएको छ ।

    No description available.

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij