कीर्तिपुरमा ६७ प्रतिशत मतदान

कीर्तिपुरमा ६७ प्रतिशत मतदान

आइतवार, मंसिर १६ २०८१
आइतवार, मंसिर १६ २०८१
  • कीर्तिपुरमा ६७ प्रतिशत मतदान

    काठमाडौं ।  काठमाडौंको कीर्तिपुर नगरपालिकामा भएको मेयर र २ वटा वडाअध्यक्षको उपनिर्वाचनका क्रममा ६७ प्रतिशत मतदान भएको छ ।

    नगरप्रमुखका लागि भएको मतदानमा २० हजार मत खसेको आयोगको प्रारम्भिक अनुमान छ ।

    आयोगले अनुसार ६७ प्रतिशत मत खसेको अनुमान गरिएको जनाएको छ । 

    यहाँ जम्मा ३१ हजार १ सय २२ थिए । कीर्तिपुरमा ११ जना स्वतन्त्र उम्मेदवार र ८ जना दलका उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए ।

    यहाँको वडा नम्बर १ र ४ मा वडाध्यक्षको उपनिर्वाचन भएको छ ।

    निर्वाचन आयोगका अनुसार स्थानीय तह निर्वाचन २०७९ मा कीर्तिपुरको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार राजकुमार नकर्मी ९ हजार ४३ मतसहित विजयी भएका थिए ।

    उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी एमाले उम्मेदवार केशरत्‍न बज्राचार्यलाई ३,५३६ मतान्तरले पराजित गरेका थिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij