काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको भोली सोमबार चीन भ्रमणमा जाँदैछन् । उनीसँग ८७ सदस्यीय टोली पनि सहभागी हुनेछ । जसमा ३९ जना सरकारी र ४८ जना नीजि क्षेत्रका प्रतिनिधि रहने छन् । प्रधानमन्त्री ओलीको औपचारिक चीन भ्रमण तयारी परराष्ट्र मन्त्रालयले गरिसकेको छ ।
प्रधानमन्त्रीको भ्रमण दलमा पत्नी राधिका शाक्य, परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. युवराज खतिवडा छन् । कांग्रेस सांसदहरु अर्जुननरसिंह के.सी, श्यामकुमार घिमिरे, एमाले सांसद लिलानाथ श्रेष्ठ, बिजुला रायमाझी, माओवादीबाट रेखा शर्मा भ्रमण दलमा छन् । सांसदहरु बीरेन्द्रप्रसाद महताे, दीपक कार्की, सर्वेन्दरनाथ शुक्ला र रन्जिता श्रेष्ठ पनि भ्रमण टोलीमा छन् ।
मुख्यसचिव एकनारायण अर्याल, अर्थसचिव डा. रामप्रसाद घिमिरे, कामु परराष्ट्र सचिव अमृत बहादुर राई, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, मदन भन्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयका उपाध्यक्ष सहप्राध्यापक पद्मसुन्दर जोशी, प्रधानमन्त्रीका निजी चिकित्सक प्रा. डा. दिव्या सिंह शाह, प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य टोलीमा परेका छन् ।
परराष्ट्र मन्त्रालयको उत्तरपूर्वी एसिया महाशाखा प्रमुख कृष्णप्रसाद ढकाल, शिष्टाचार महापाल विष्णुप्रसाद गौतम, उपसचिव मणिरत्न शर्मा, प्रधानमन्त्रीका स्वकीय उपसचिव उदय पोखरेल, परराष्ट्र मन्त्रीका स्वकीय उपसचिव कमल रावल पनि भ्रमण टोलीमा परेका छन् । शिष्टाचार अधिकृत ऋचा भट्टराई, शाखा अधिकृत जानकी ओझा, सुजन लामीछाने, शिष्टाचार सहायक विनोद खनालको नाम पनि भ्रमण टोलीमा परेको छ । प्रधानमन्त्रीका निजी सहयोगी जयश्री शाक्य र परराष्ट्र मन्त्रीकी निजी सहयोगी अनिता सिंह पनि चीन जाँदै छन् ।
प्रधानमन्त्रीसँग उद्योगी व्यवसायीको टोली पनि चीन जाँदैछ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल, पूर्वअध्यक्ष चन्दीराज ढकाल, श्याम कुमार थापा, अञ्जन श्रेष्ठ, ज्योत्सना श्रेष्ठ, मनोज पौडेल, भरत राज आचार्य, शैलेन्द्र गुरागाईं, प्रयास कार्की, मनोज अधिकारी, अम्बिका प्रसाद पौडेल, डा. राम शरण थापालिया, गोकर्ण राज अवस्थी, राम हरि कार्की, इन्द्र बहादुर श्रेष्ठ, सुरेश उप्रेती, अनिल कुमार अग्रवाल, कृति खतिवडा लगायत छन् ।
नेपाल उद्योग परिसंघबाट अध्यक्ष राजेश कुमार अग्रवाल, उपाध्यक्ष हेमराज ढकाल छन् । नेपाल चेम्बर अफ कमर्सबाट कमलेश कुमार अग्रवाल, राजेश काजी श्रेष्ठ, दीपक कुमार मालहोत्रा, उर्मिला श्रेष्ठ, अर्जुन प्रसाद शर्मा, सुरेश श्रेष्ठ रहेका छन् । यस्तै नेपाल स्वतन्त्र ऊर्जा उत्पादक संघबाट गणेश कार्की, मोहन कुमार डाँगी, आनन्द चौधरी, राम प्रसाद आचार्य, बलराम खतिवडा र बटु लामिछाने रहेका छन् ।
नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसनबाट करण चौधरी, सुरेन्द्र कुमार उप्रेती रहेका छन् । अन्यमा शंकर प्रसाद पाण्डेय, उमेश प्रसाद सिंह, अनिल श्रेष्ठ, श्याम प्रसाद श्रेष्ठ लगायत रहेका छन् ।