दोस्रो दिन पनि सकिएन रवि लामिछानेको बयान, सकेर भोलिमात्रै पोखरा लगिने

दोस्रो दिन पनि सकिएन रवि लामिछानेको बयान, सकेर भोलिमात्रै पोखरा लगिने

आइतवार, मंसिर १६ २०८१
आइतवार, मंसिर १६ २०८१
  • दोस्रो दिन पनि सकिएन रवि लामिछानेको बयान, सकेर भोलिमात्रै पोखरा लगिने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सोधपुछ तथा बयान आइतबारका लागि सकिएको छ ।

    शुक्रबारदेखि काठमाडौं प्रहरीको हिरासतमा रहेका लामिछानेलाई बाँकी बयानका लागि आइतबार बिहानै सरकारी वकिलको कार्यालय लगिएको थियो । तर बयान अझै नसकिएकाले सोमबार पनि जारी रहने भएको छ ।

    बिहीबार साँझ पोखराबाट काठमाडौं ल्याइएका लामिछानेको बयान नसकिएकाले कम्तीमा सोमवार सम्म काठमाडौंमै रहने भएका छन् । बयान सकिएपछि सम्भवतः भोलि पोखरा फर्काइने छ ।

    शुक्रबार बिहानदेखि सुरू भएको बयान त्यस दिन अपरान्ह ३:३० बजे सकिएको थियो । उनले त्यो दिन करिब साढे ६ घण्टा लामो बयान दिएका थिए । आइतबार पनि उनले झन्डै ५ घन्टा लामो बयान दिएका छन् ।

    सहकारी ठगीको मुद्दामा कास्की प्रहरी हिरासतमा रहेका उनलाई काठमाडौं कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगीको आरोपमा बयान लिन काठमाडौं ल्याइएको हो ।

    स्वर्णलक्ष्मी सहकारीबाट जिबी राई र रविले लाखौं रकम लिएको प्रमाण भेटिएको छ। बुझिलिनेको हस्ताक्षर नभएका र सहकारीको छाप नभएका दुई कागजात फेला परेका छन् ।

    त्यसमा स्वर्णलक्ष्मी चार पांग्रे सवारी कर्जा भनी ४६ लाख ४८ हजार र ४६ लाख ९८ हजार रुपैयाँ ऋण लिएको उल्लेख छ । त्यसरी लिइएको रकम गोर्खा मिडिया नेटवर्कमा लगानी गरेको आरोप उनीहरूलाई छ ।

    यसअघि उनका साझेदार पूर्वडीआईजी छविलाल जोशीसँग बयान लिइएको थियो । स्वर्णलक्ष्मी सहकारी ठगीको पूरक जाहेरी अहिले जिल्ला प्रहरी परिसर काठमाडौंमा छ । पहिले प्रारम्भिक जाहेरी प्रहरी वृत्त कालिमाटीमा थियो, अहिले पूरक जाहेरी आएपछि परिसर स्वयम् स्वर्णलक्ष्मी सहकारीको अनुसन्धानमा सक्रिय छ ।

    स्वर्णलक्ष्मी सहकारी ठगीमा ६८० जनाको जाहेरीमा एक अर्ब ११ करोड ८५ लाख ३८ हजार ४८८ रुपैयाँ बिगो दाबी गरिएको छ। त्यसमा २४ जना प्रतिवादी छन् ।

    तीमध्ये छवि, रवि, कुमार रम्तेल, सुनिता नेवा: र कमल लामा पक्राउ परेका छन् । यसमा सञ्चालक जीबी राई भने फरार छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij