काठमाडौं । कीर्तिपुर नगरपालिकाको प्रमुख पदको मतगणना आइतबार राति देखि सुरु हुने भएको छ । २० स्थलमा ३८ मतदान केन्द्रबाट मतदान जारी रहेको छ ।
मतगणनाको पूर्व तयारी भइसकेको जनाइएको छ । नगरपालिकाको हलमा मतगणना गर्ने निर्वाचन अधिकृतको कार्यालयले तयारी गरेको छ । सम्भवतः राति १० बजेपछि मतगणना सुरु जनाइएको छ ।
हालसम्म सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मत खसाल्ने कार्य भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कीर्तिपुरमा ३१ हजार १ सय १२ मतदाता रहेकोमा दिउँसो २ बजेसम्म १७ हजार बढी मत खसेको छ ।
कीर्तिपुरमा प्रमुख र वडा नम्बर १ र ४ वडाध्यक्षका लागि मतदान भइरहेको छ । नगर प्रमुखका लागि २० जनाको उम्मेदवारी परेको थियो ।