उपनिर्वाचन अपडेट : रुकुमको सानीभेरीमा ७० प्रतिशत बढी मत खस्यो

उपनिर्वाचन अपडेट : रुकुमको सानीभेरीमा ७० प्रतिशत बढी मत खस्यो

आइतवार, मंसिर १६ २०८१
आइतवार, मंसिर १६ २०८१
  • उपनिर्वाचन अपडेट : रुकुमको सानीभेरीमा ७० प्रतिशत बढी मत खस्यो

    काठमाडौं । रुकुमपश्चिमको सानीभेरी गाउँपालिका ५ को वडा अध्यक्ष पदका लागि आज भईरहेको उपनिर्वाचनमा ७०.७९ प्रतिशत मत खसेको छ । नेपाल राष्ट्रिय माध्यमिक विद्यालय घापागारमा रहेको मतदानस्थलमा बिहान ७ः२५ बजेबाट मतदान सुरु भएको हो । 

    सहायक निर्वाचन अधिकृत गोविन्द प्रसाद कोइरालाका अनुसार दिउँसो २ बजेसम्म ७०.७९ प्रतिशत मत खसेको छ । जम्मा एक हजार ४३४ मतदाता मध्य एक हजार १५ जनाको मत खसेको हो । दिउँसो २ बजे सम्म ४६० जना पुरुष र ५५५ जना महिलाले मतदान गरेका छन् । 

    यहाँ कायम गरिएको एक मतदानस्थलमा दुई केन्द्र बनाइएको छ ।  मतदान केन्द्र (क) मा सात सय र केन्द्र (ख) मा ७३४ मतदाता गरेर यहाँ जम्मा एक हजार ४३४ जना मतदाता रहेका छन् । मतदाता मध्य ७४४ पुरुष र ६९० महिला रहेका छन् ।

    अहिलेसम्म शान्तपूर्वक मतदान भईरहेको छ । बेलुका ५ बजेसम्म मतदान हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । एक वडाध्यक्ष पदका लागि दुई जना उम्मेदवार बिच प्रतिस्पर्धा रहेको छ । नेपाली कांग्रेसका तर्फबाट मोतिराम खत्री र नेकपा (माओवादी केन्द्र) का तर्फबाट जसीराम बस्नेत वडा अध्यक्षका उम्मेदवार छन् । 

    २०७९ सालमा भएको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट वडा अध्यक्ष पदमा निर्वाचित भएका अलबहादुर खत्रीको गत वर्ष उपचारको क्रममा निधन भएको थियो । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij