रवि लामिछानेको रिहाइको माग गर्दै माइतीघरमा प्रदर्शनी

रवि लामिछानेको रिहाइको माग गर्दै माइतीघरमा प्रदर्शनी

आइतवार, मंसिर १६ २०८१
आइतवार, मंसिर १६ २०८१
  • रवि लामिछानेको रिहाइको माग गर्दै माइतीघरमा प्रदर्शनी

    काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेको रिहाइको माग गर्दै नेता-कार्यकर्ताले आइतबार माइतीघरमा प्रदर्शन गरेका छन् । आज माइतीघरस्थित सरकारी वकिलको कार्यालयमा सभापति लामिछानेको बयान चलिरहँदा उनको रिहाइको माग गर्दै नेता-कार्यकर्तालेले शान्तिपूर्ण प्रदर्शन गरेका हुन् ।

    सहभागीले ‘रवि दाइलाई रिहा गर’, ‘राजनीतिक प्रतिशोध बन्द गर’लगायतका पम्प्लेट बोकेका छन्। 

    शुक्रबार बयान नसकिएकाले आइतबार पनि उनको बयान लिइएको प्रहरीले जनाएको छ । कालिमाटीको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन गरेको आरोपमा बिहीबार साँझ कास्कीबाट काठमाडौं ल्याएर उनलाई प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको थियो ।

    उनलाई लिन काठमाडौं प्रहरी परिसरका एसपी नवराज अधिकारी आफैँ विमानस्थल पुगेका थिए । लामिछानेसँग शुक्रबारदेखि बयान लिन थालिएको थियो । शुक्रबार ६ घण्टा लामो बयान उनीसँग लिइएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij