दोलखाको गौरीशंकर गाउँपालिकाको मतगणना आज नहुने

दोलखाको गौरीशंकर गाउँपालिकाको मतगणना आज नहुने

आइतवार, मंसिर १६ २०८१
आइतवार, मंसिर १६ २०८१
  • दोलखाको गौरीशंकर गाउँपालिकाको मतगणना आज नहुने

    काठमाडौं । दोलखास्थित गौरीशंकर गाउँपालिकाको उपाध्यक्षको मतगणना आज सुरु नहुने भएको छ । वडा नम्बर ९ को मतमेटिका गणनास्थल ल्याउन ढिला हुने भएकोले आज नै मतगणना नहुने भएको हो । 

    मतदान भइरहेको ९ नम्बर वडा बेदुङबाट मतपत्र संकलन गर्न आज सम्भव नहुने भएकाले सोमबारबाट गणना हुने जनाइएको छ । गौरीशंकरमा दुई मतदान केन्द्र छन् ।

    गौरीशंकरको उपाध्यक्षका लागि दलगत र स्वतन्त्र गरी १६ जनाको मनोनयन दर्ता भएको छ । कांग्रेसबाट पासदिकी शेर्पा, एमालेबाट उमा मगर शेर्पा, माओवादी केन्द्रबाट निमलेकी शेर्पा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट गोमा श्रेष्ठ, नेकपा एकीकृत समाजवादीबाट रविना खड्का, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट मनकुमारी श्रेष्ठ र जनता समाजवादी पार्टी (जसपा) बाट सपना कार्की खड्का उम्मेदवार छन् ।

    त्यस्तै, स्वतन्त्रबाट अप्सरा विश्वकर्मा, अम्बिका श्रेष्ठ, दीपक तामाङ, दिलबहादुर बस्नेत, द्वारिका बुढाथोकी, पुष्पा कार्की, मधुरा कार्की, शिव शम्भु तामाङ र सर्कीमा शेर्पा उम्मेदवार छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij