बयानका लागि चितवन पुर्याइए पूर्वडीआईजी छविलाल जोशी

बयानका लागि चितवन पुर्याइए पूर्वडीआईजी छविलाल जोशी

आइतवार, मंसिर १६ २०८१
आइतवार, मंसिर १६ २०८१
  • बयानका लागि चितवन पुर्याइए पूर्वडीआईजी छविलाल जोशी

    काठमाडौं । सहकारी ठगी प्रकरणमा जोडिएका नेपाल प्रहरीका पूर्वडीआईजी तथा गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक छविलाल जोशी बञ्जाडेलाई बयानका लागि चितवन लगिएको छ । पोखरा प्रहरीको हिरासतमा रहेका उनलाई हवाई जहाजमार्फत आइतबार दिउँसो चितवन लगिएको हो ।

    चितवनको साहारा सहकारीको रकम अपचलन मुद्दामा बयानका जोशीलाई चितवन ल्याएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएकाे छ । 

    साहारा सहकरीको ३७ करोड ६५ लाखभन्दा बढी रकम गोर्खा मिडियामा गएको अनुसन्धानबाट खुलेको छ । यो प्रकणमा गोर्खा मिडियाका अध्यक्ष गीतेन्द्रबाबु राई (जीबी)सहित १७ जनाविरुद्ध गत असोजमा किटानी जाहेरी परेको थियो । 

    यही मंसिर ७ गते जोशी र पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेहित १० जनाविरुद्ध चितवन जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । उनीहरूविरुद्ध सहकारी पीडितको तर्फबाट चितवनमा पुरक जाहेरी परेको छ । 

    रविको अहिले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बयान चलिरहेको छ । काठमाडौंको बयान सकिएपछि रविलाई छिट्टै चितवन पुर्‍याइने प्रहरीले जनाएको छ । जोशीसँग काठमाडौं प्रहरीले यसअघि बयान लिइसकेको छ । 

    सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते पक्राउ परेका लामिछानेसँग यसअघि रुपन्देहीमा समेत बयान लिइसकिएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij