सर्केगार्ड उपनिर्वाचन : १२ बजेसम्म ४० प्रतिशतभन्दा बढी मतदान

सर्केगार्ड उपनिर्वाचन : १२ बजेसम्म ४० प्रतिशतभन्दा बढी मतदान

आइतवार, मंसिर १६ २०८१
आइतवार, मंसिर १६ २०८१
  • सर्केगार्ड उपनिर्वाचन : १२ बजेसम्म ४० प्रतिशतभन्दा बढी मतदान

    काठमाडौं । हुम्लाको सर्केगार्ड गाउँपलिकाको उपनिर्वाचनको मतदान कार्य जारी रहेको बेला अहिले १२ बजेसम्म ४० प्रतिशतभन्दा बढी मतदान सम्पन्न भएको छ ।१२ वटा मतदानस्थल, र १३ वटा मतदान केन्द्रमा ४० प्रतिशतभन्दा बढी मतदान भइसकेको छ ।

    सर्केगार्डमा कुल ६ हजार ८१० मतदाता संख्या रहेको छ । मतदान कार्य जारी रहेको छ । यी मतदान केन्द्रमा ७३ जना कर्मचारी र मतदान केन्द्रमा १७३ जना सुरक्षाकर्मीहरु परिचालन भएका छन् ।

     सर्केगाडका देवल प्रावि, सरस्वती मावि, लालीगुँरास मावि, देवकोटा मावि, हिमज्योति मावि, भवानी मावी, धुमचुली मावि कल्लास, स्वयम्भू मावि, ईश्वर मावि, कोट मावि, अंशुवर्मा मावि र नीलकण्ठ सामुदायिक प्राविका मतदान केन्द्रमा भोट हाल्न मतदाता लाइनमै छन् ।

    उपाध्यक्ष पदका लागि एक स्वतन्त्र सहित ६ जना प्रतिस्पर्धामा छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाट निर्वाचित उपाध्यक्ष चन्द्रसिंह कार्कीको २०८१ भदौ ४ असारमा गाडी दुर्घटनामा निधन भएपछि उपनिर्वाचन भएको हो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij