सरकारी वकिल कार्यालय रविको बयान जारी, आजै पोखरा फर्काइने तयारी

सरकारी वकिल कार्यालय रविको बयान जारी, आजै पोखरा फर्काइने तयारी

आइतवार, मंसिर १६ २०८१
आइतवार, मंसिर १६ २०८१
  • सरकारी वकिल कार्यालय रविको बयान जारी, आजै पोखरा फर्काइने तयारी

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बयानका लागि सरकारी वकिलको कार्यालय लगिएको छ । शुक्रबारदेखि काठमाडौं प्रहरीको हिरासतमा रहेका लामिछानेलाई बाँकी बयानका लागि सरकारी वकिलको कार्यालय लगिएको हो ।

    केही समय अगाडि सरकारी वकिलको कार्यालय पुर्‍याइएका उनको बयान सुरु भएको छ । बिहीबार साँझ पोखराबाट काठमाडौं ल्याइएका लामिछानेको बयान नसकिएकाले कम्तीमा आइतबारसम्म काठमाडौंमा नै रहेका थिए । शुक्रबार बिहान देखि सुरु भएको बयान सो दिनको अपराह्न ३:३० बजे सकिएको थियो ।

    सहकारी ठगीको मुद्दामा कास्की प्रहरी हिरासतमा रहेका उनलाई कालीमाटीको स्वर्णलक्ष्मी सहकारी ठगीको आरोपमा लामिछानेलाई बयान लिन काठमाडौं ल्याइएको हो । बयान सकिएमा आजै उनलाई पोखरा फर्काइने तयारी छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij