काठमाडौं । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा ३ हजार २ सय ६८ मत खसेको छ । आज बिहान ७ बजेबाट सुरु भएको मतदानमा मध्यान्ह सवा १२ बजेसम्म १ हजार ५ सय ७८ महिला र १ हजार ५ सय ९० पुरुषले मतदान गरेका हुन् ।
गाउँपालिकाको १४ वडामा १९ मतदान स्थल छन् । २२ वटा मतदान कन्द्रमा ११ हजार १ सय ८० जना मतदान छन् ।
यहाँ नेपाली कांग्रेस र नेकपा एमालेबाट केशकुमारी तुलाचन, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीबाट नरपुरा बुढा पुन उम्मेदवार छिन् ।
वडा नम्बर २ को अध्यक्षमा भने जगत घर्ती निर्विरोध निर्वाचित भइसकेका छन् ।