काठमाडौं । काठमाडौं महानगरपालिकाको फुटपाथ विस्तार कार्यक्रम अन्तर्गत अहिले दरबारमार्ग क्षेत्रमा धमाधम काम भइरहेको छ ।
फुटपाथ विस्तार अन्तर्गत महानगरले ढल व्यवस्थापन, विद्युतीय तार भूमिगत गर्ने र बोटबिरुवा संरक्षणका काम गरिरहेको छ ।
प्रमुख व्यापारिक केन्द्र दरबारमार्गमा फुटपाथ साँघुरो हुँदा सर्वसाधारणलाई हिँड्न समेत सास्ती हुने गरेको थियो । अब फुटपाथ फराकिलो भएसँगै पैदलयात्रीलाई हिँड्न सहज हुने महानगरले बताएको छ ।