सर्केगार्ड उपनिर्वाचन : ११ बजेसम्म ३० प्रतिशतभन्दा बढी मतदान

सर्केगार्ड उपनिर्वाचन : ११ बजेसम्म ३० प्रतिशतभन्दा बढी मतदान

आइतवार, मंसिर १६ २०८१
आइतवार, मंसिर १६ २०८१
  • सर्केगार्ड उपनिर्वाचन : ११ बजेसम्म ३० प्रतिशतभन्दा बढी मतदान

    काठमाडौं । हुम्लाको सर्केगार्ड गाउँपलिकाको उपनिर्वाचनको मतदान कार्य जारी रहेको बेला अहिले ११ बजेसम्म ३०.८७ प्रतिशतभन्दा बढी मतदान सम्पन्न भएको छ ।

    कुल मतदातामध्ये दुई हजार एक सय जनाले अहिले ११ बजेसम्म मतदान कार्य गरेको जिल्ला प्रशासन कार्यालय हुम्लाले जनाएकाे छ ।

    सर्केगार्डमा कुल छ हजार ८१० मतदाता संख्या रहेको छ । यो मतदान भएको संख्या बाह्र वटा मतदान स्थल र तेह्र बटा मतदान केन्द्रको गरेर हो । मतदान कार्य जारी रहेको छ । यी मतदान केन्द्रमा ७३ जना कर्मचारी र मतदान केन्द्रमा १७३ जना सुरक्षाकर्मीहरु परिचालन भएका छन् ।

    सबै मतदान केन्द्रमा गरि छ हजार ८१० मतदाताहरुले मतदान कार्यमा सहागिता जनाई रहेका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij