काठमाडौं । दैलेखको महाबु गाउँपालिकामा मतदान जारी छ । अध्यक्षका लागि बिहानै ७ बजेबाटै शुरु भएको मतदानमा११ बजेसम्म ३ हजार ४४ मत खसेको छ ।
महाबुमा १२ हजार ६ सय १४ मतदाता रहेका छन् । अहिलेसम्म २४.१३ प्रतिसत मत हो ।
त्यस्तै दैलेखको दुल्लु नगरपालिका–१३ मा बिहान ११ बजेसम्म ६ सय ६६ मत खसेको छ । दुल्लुमा २ हजार ७ सय ६ जना कुल मतदाता रहेका छन् ।
महाबुको अध्यक्षमा कांग्रेसबाट झलकबहादुर भण्डारी, माओवादीबाट जंगबहादुर बराल मगर, एमालेबाट जंगबहादुर शाही, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रकाशकुमार बुढा, राप्रपाबाट सुर्जे रावत र नेमकिपाबाट दुर्गबहादुर मगर उम्मेदवार रहेका छन् ।
मतदान साँझ ५ बजेसम्म जारी रहने छ ।