छुट्टाछुट्टै ठाउँमा आगलागी हुँदा १९ लाख बढीको क्षति

छुट्टाछुट्टै ठाउँमा आगलागी हुँदा १९ लाख बढीको क्षति

आइतवार, मंसिर १६ २०८१
आइतवार, मंसिर १६ २०८१
  • छुट्टाछुट्टै ठाउँमा आगलागी हुँदा १९ लाख बढीको क्षति

    भद्रपुर । जिल्लाका तीन छुट्टाछुट्टै ठाउँमा गए राति आगलागी हुँदा १९ लाख ६० हजार रुपैयाँभन्दा बढीको क्षति भएको छ ।

    दमक नगरपालिका–१ का शिव राईको घरको भुइँतलामा रहेको किराना कस्मेटिक र खाद्यान्न पसलमा विद्युत् सट भई आगलागी हुँदा पसलमा रहेका सम्पूर्ण सामान जलेर नष्ट भएका छन् । आगलागीबाट १५ लाखभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ ।
      
    गए राति नै झापा गाउँपालिका–७ रमितेटोलका लुखी हस्दाको घरमा विद्युत लाइन सट भई आगलागी हुँदा टिनको छानो र बाँसको टाटीले बनेको तीनकोठे घर र सामान जलेर पूर्ण रूपमा क्षति पुगेको छ ।  उक्त घर नजिकै रहेको ग्वाली कोठामा क्षति पुग्दा २ लाख ५० हजार रुपैयाँ बढीको क्षति भएको प्रहरीले जनाएको छ ।

    त्यसैगरी, अर्जुनधारा नगरपालिका–११ सालबारीस्थित भूमिनाथ बराल र अमर राउतले एक बिघा जमिनको धान काटिराखेका कुनिउमा आगलागी भएको छ । यसरी अचानक आगलागी हुँदा धान र कुनिउ जल्दा २ लाख १० हजार रुपैयाँ बराबरको क्षति भएकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए । 

    प्रनाउ चन्दका अनुसार आगलागी भएका तीनवटै ठाउँको आगो स्थानीय तहका दमकल, स्थानीय मानिस र प्रहरीको सहयोगमा निभाइएको छ । आगलागी सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको उनले बताए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij