मदिरा तस्करको गाडीले ठक्कर दिँदा सशस्त्र प्रहरीका सईको मृत्यु

मदिरा तस्करको गाडीले ठक्कर दिँदा सशस्त्र प्रहरीका सईको मृत्यु

आइतवार, मंसिर १६ २०८१
आइतवार, मंसिर १६ २०८१
  • मदिरा तस्करको गाडीले ठक्कर दिँदा सशस्त्र प्रहरीका सईको मृत्यु

    काठमाडौं । सिरहामा मदिरा तस्करी गर्ने गिरोहको जिपको ठक्करबाट सशस्त्र प्रहरीका प्रहरी नायब निरीक्षकको मृत्यु भएको छ । नेपाल-भारत सीमाक्षेत्र बरियारपट्टी गाउँपालिका-१ कचनारीमा आइतबार बिहान मदिरा तस्करले सशस्त्र प्रहरी नायब निरीक्षक ४८ वर्षीय लक्ष्मणप्रसाद यादवको किचेर हत्या गरेको प्रहरीको भनाइ छ ।

    सिरहा प्रहरीका अनुसार, नजिकैको बडहरी बेस क्याम्पमा कार्यरत यादवसहित नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी ८ जना सुरक्षाकर्मी नेपालबाट भारततर्फ उक्त स्कोरपियो जिपमा मदिरा गइरहेको छ भन्ने सूचनाका आधारमा गस्तीमा खटिएका थिए । सोही जिपलाई रोक्ने क्रममा बिहान ३ बजेको समयमा यादवलाई ठक्कर दिएर भागेको प्रहरीले जनाएको छ ।

    ठक्करबाट गम्भीर घाइते भएका यादवलाई तत्कालै उपचार गराउन लहानस्थित प्रादेशिक अस्पताल लगिएकोमा त्यहाँ मृत घोषणा गरिएको सिरहाका प्रहरीले जनाएकाे छ । यादव सिरहाकै नरहा गाउँपालिका-४ ललभितियाका बासिन्दा हुन् ।

    प्रहरी फरक-फरक स्थानमा खटिएकाले अन्य प्रहरीले टाढाबाट गाडी देखे पनि गाडीको नम्बर भने पहिचान गर्न नसकेको प्रहरीले जनाएकाे छ । उक्त गाडीको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij