अपर त्रिशूलीको ड्याम साइडबाट मोटरसाइकल खस्दा एकजनाको मृत्यु

अपर त्रिशूलीको ड्याम साइडबाट मोटरसाइकल खस्दा एकजनाको मृत्यु

आइतवार, मंसिर १६ २०८१
आइतवार, मंसिर १६ २०८१
  • अपर त्रिशूलीको ड्याम साइडबाट मोटरसाइकल खस्दा एकजनाको मृत्यु

    काठमाडौं । रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ हाकुबेसी स्थित अपर त्रिशूली हाइड्रो पावरको ड्याम साइडबाट मोटरसाइकल खस्दा एक जनाको मृत्यु भएको छ ।

    बागमती प्रदेश–०२–०११ प ४६०७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा २० वर्षीय रामबहादुर तामाङको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएकाे छ । अपर त्रिशूली–२१६ हाइड्रो पावरको ड्याम साइडबाट मोटरसाइकल ४ सय मिटर तल खसेको छ ।

    मृत्यु भएका तामाङ मोटरसाइकल चालक हुन् । मोटरसाइकलमा सवार २० वर्षीय धिरज तामाङ सकुशल छन् । घटनाबारे जिल्ला प्रहरी कार्यालय रसुवाले अनुसन्धान गरिरहेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij