बीआरआईअन्तर्गतका योजना अनुदानमा अघि बढाउन चीन सकारात्मक छ : परराष्ट्रमन्त्री राणा

बीआरआईअन्तर्गतका योजना अनुदानमा अघि बढाउन चीन सकारात्मक छ : परराष्ट्रमन्त्री राणा

शनिवार, मंसिर १५ २०८१
शनिवार, मंसिर १५ २०८१
  • बीआरआईअन्तर्गतका योजना अनुदानमा अघि बढाउन चीन सकारात्मक छ : परराष्ट्रमन्त्री राणा

    काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणाले बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गतका योजनाहरु अनुदान स्वरुप अघि बढाउन चीन सकारात्मक रहेको बताएकी छिन् । चीन भ्रमण सकेर स्वदेश फर्किनुभएकी परराष्ट्रमन्त्री राणाले आफूले चीन भ्रमणका क्रममा चिनियाँ विदेशमन्त्रीसँग गरेको कुराकानीमा बीआरआईअन्तर्गतका योजनाहरु अनुदानका रूपमा अघि बढाउन चीन सकारात्मक रहेको पाएको बताएकी हुन् ।

    देशभित्रको परिस्थितिका कारण नेपाल ऋण लिनसक्ने परिस्थितिमा नरहेको कुरा आफूले प्रश्टसँग राखेको र चीन सरकारले आफूहरु आन्तरिक सल्लाह गर्ने र निर्णय लिने एवम् नेपाललाई पनि आन्तरिक सल्लाह गरेर प्राथमिकताका साथ एजेण्डाहरु ल्याउन आग्रह गरेको उनले बताइन् । उनले चिनियाँ परियोजना, बिआरआईको कार्यान्वयन योजना दुवै देशको सहमति र नेपालमा पनि सबैको साझा सहमतिकै आधारमा हुने बताइन् ।

    नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अस्ति बिहिवार चीन गएकी राणाले हिजो चिनियाँ विदेशमन्त्रीसँग द्विपक्षीय भेटवार्ता गरेकी थिइन् । उनी प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तयारीका लागि चीन गएकी हुन् । उनी फेरि सोमवार प्रधानमन्त्री ओलीसँगै चीन जाने कार्यक्रम छ । प्रधानमन्त्रीको आसन्न चीन भ्रमणमा सहभागी हुने उनी एक मात्रै मन्त्री हुन् ।  

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij