तारकेश्वरमा बसको ढोकाबाट खसेर दुई जनाको मृत्यु

तारकेश्वरमा बसको ढोकाबाट खसेर दुई जनाको मृत्यु

शनिवार, मंसिर १५ २०८१
शनिवार, मंसिर १५ २०८१
  • तारकेश्वरमा बसको ढोकाबाट खसेर दुई जनाको मृत्यु

    काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका-८ मा लामबगरमा बसबाट खसेर दुई जनाको मृत्यु भएको छ । यात्रु चढाउने र ओराल्ने क्रममा रोकिराखेको अर्को गाडीमा ठोक्किँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

    दुर्घटनामा परी नुवाकोटको ककनी गाउँपालिका-५ का ४५वर्षीय सन्चबहादुर लामा र तादी गाउँपालिका-१ घर भई हाल तारकेश्वर बस्ने ५८ वर्षीय सुन्तली ओझाको मृत्यु प्रहरीले जनाएको छ । 

    दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि महाराजगन्जस्थित टिचिङ अस्पताल गलिएको प्रहरीले जनाएको छ । 

    तारकेश्वरबाट रत्नपार्कतर्फ आइरहेको बा ४ ख ७१११ को बसमा झुण्डिएर बसेका यात्रु बाटोमा रोकिरहेको बा ३ क १६६६ गाडीसँग ठोकिँदा दुर्घटना भएको हो । 

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij