दुई प्रदेशमा हिमपातको सम्भावना, पर्वतारोहणमा सतर्कता अपनाउन पूर्वचेतावनी

दुई प्रदेशमा हिमपातको सम्भावना, पर्वतारोहणमा सतर्कता अपनाउन पूर्वचेतावनी

शनिवार, मंसिर १५ २०८१
शनिवार, मंसिर १५ २०८१
  • दुई प्रदेशमा हिमपातको सम्भावना, पर्वतारोहणमा सतर्कता अपनाउन पूर्वचेतावनी

    काठमाडौं । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    भोलि आइतबार कोशी प्रदेश र मधेस प्रदेश लगायत गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । 

    हिमपातको सम्भावना रहेकोले पर्यटन तथा पर्वतारोहणमा क्षणिक आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन मौसमविदहरुले सुझाव दिएका छन् । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij