यू–१९ एसिया कप क्रिकेट : नेपाल श्रीलङ्कासँग ५५ रनले पराजित

यू–१९ एसिया कप क्रिकेट : नेपाल श्रीलङ्कासँग ५५ रनले पराजित

शनिवार, मंसिर १५ २०८१
शनिवार, मंसिर १५ २०८१
  • यू–१९ एसिया कप क्रिकेट : नेपाल श्रीलङ्कासँग ५५ रनले पराजित

    काठमाडौं । उन्नाइस वर्षमुनि (यू–१९) एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल श्रीलङ्कासँग पराजित भएको छ । संयुक्त अरब इमिरेट्स (यूएई)को सारजाह क्रिकेट स्टेडियममा शुक्रबार भएको आफ्नो पहिलो खेलमा नेपाल श्रीलङ्कासँग ५५ रनले पराजित भएको हो ।

    श्रीलङ्काले दिएको दुई सय ३४ रनको लक्ष्य पछ्याएको नेपाल ४६ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै एक सय ७८ रनमा समेटियो ।

    नेपालका लागि ओपनर मयन यादवले सर्वाधिक ६२ रनको योगदान दिए । उनले ९१ बलमा ३ चौका र २ छक्काको सहयोगमा ६२ रन बनाएका हुन् ।

    त्यस्तै नेपालका अर्का ओपनर आकाश त्रिपाठीले १९, उत्तम थापाले १७, अर्जुन कुमाल र नरेन भट्टले समान १२र१२ तथा नरेन साउदले १६ रन जोडे ।

    श्रीलङ्काका लागि प्रभिन महेशले तीन विकेट लिए भने न्युटान रन्जितकुमार, मथुलन कुगाथस र भिहास थिवमिकाले समान दुई/दुई विकेट लिए । त्यस्तै वीरन चामुदिथले एक विकेट झारे ।

    त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको श्रीलङ्काले ५० ओभरको अन्तिम बलमा सबै विकेट गुमाउँदै दुई सय सय ३३ रनमा समेटिएको थियो । श्रीलङ्काका लागि शरुकजन शन्मुगनाथले ९९ बलमा सर्वाधिक ६२ रन जोडे । 

    त्यसैगरी लक्भीन अबेसिंगा ५० बलमा ५३ रन जोडे भने कभिजा गिमामगेले ४३ बलमा ३७ रन बनाउँदै रन आउट भए । दुलनिथ सिंगारा र भिमथ दिनसाराले समान २४/२४ रन जोडे ।

    नेपालका लागि सन्तोष यादवले चार विकेट लिए भने युवराज खत्रीले २ विकेट लिए । कप्तान हेमन्त धामी र नरेन साउदले समान १/१ विकेट लिए । एसिया कपमा नेपालले यही मङ्सिर १६ गते आफ्नो दोस्रो खेल बङ्गलादेशसँग खेल्नेछ ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij