रामेछाप दुर्घटनामा गोकुलगंगा गाउँपालिका–४ का वडाअध्यक्षसहित ५ जनाको मृत्यु

रामेछाप दुर्घटनामा गोकुलगंगा गाउँपालिका–४ का वडाअध्यक्षसहित ५ जनाको मृत्यु

शुक्रवार, मंसिर १४ २०८१
शुक्रवार, मंसिर १४ २०८१
  • रामेछाप दुर्घटनामा गोकुलगंगा गाउँपालिका–४ का वडाअध्यक्षसहित ५ जनाको मृत्यु

    काठमाडौं । रामेछापमा भएको सुमो दुर्घटनामा गोकुलगंगा गाउँपालिका–४ का वडाध्यक्ष रामचन्द्र बस्नेतको मृत्यु भएको छ । शुक्रबार काठमाडौंबाट रामेछापको बेतालीतर्फ जाँदै गरेको ७१२३ नम्बरको सुमो गोकुलगंगाको फर्पु जिरोकिलोबाट नमाडीतर्फ जाने बाटोमा सिमखोला भन्ने स्थानमा दुर्घटना भएको हो ।

    दुर्घटनामा परेर वडाध्यक्ष बस्नेतसहित अन्य पाँच जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।  गाडीमा ८ जना सवार थिए । अन्य तीन जनाको उद्धार गरेर अस्पतालतर्फ पठाइएको छ ।

    सुमो झण्डै पाँच सय मिटर तर खसेको जनाइएको छ। वडाध्यक्ष बस्नेत गत स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए ।

    घटनाबारे थप विवरण आउन बाँकी छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij