सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको आरोपमा एकजना पक्राउ

सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको आरोपमा एकजना पक्राउ

शुक्रवार, मंसिर १४ २०८१
शुक्रवार, मंसिर १४ २०८१
  • सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको आरोपमा एकजना पक्राउ

    काठमाडौं । सामाजिक सञ्जालमा एक महिलाको चरित्र हत्या गरेको आरोपमा एक जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोट शिवपुरी गाउँपालिका १ का ३८ वर्षीय सुरेन्द्र केसी रहेका छन् ।

    उनीलाई बुधबार पक्राउ गरेको जनाएको छ । भिडियो कल गर्ने क्रममा युवतीलाई गोप्य अंग देखाउन लगाइ रेकर्ड गरेर पीडित र पीडितका आफन्तलाईसमेत पठाएर अपमान र बेइज्जत गरेको प्रहरीले जनाएको छ ।

    पक्राउ परेका केसीलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद थपेर अनुसन्धान गरिरहेको जानकारी दिएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij