५ लाख रुपैयाँ बढी मूल्य बराबरको अवैध सामान बरामद

५ लाख रुपैयाँ बढी मूल्य बराबरको अवैध सामान बरामद

शुक्रवार, मंसिर १४ २०८१
शुक्रवार, मंसिर १४ २०८१
  • ५ लाख रुपैयाँ बढी मूल्य बराबरको अवैध सामान बरामद

    काठमाडौं । कञ्चनपुरमा सवा ५ लाख मूल्य बराबरको अवैध सामान बरामद भएको छ ।

    शुक्रबार दिउँसो सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले भीमदत्त नगरपालिकाको भाँसीबाट अवैध सामान बरामद गरेको हो ।

    मोबाइल कभर, स्विच, स्विच बोर्ड लगायत गरेर ५ लाख १३ हजार बराबरको सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।

    पूर्व–पश्चिम राजमार्गमा गाडीमा सामान लोड गर्न राखेको अवस्थामा बरामद गरिएको सामान आवश्यक कारवाहीका लागि गड्डाचौकी भन्सार कार्यालय बुझाइने प्रहरीले जानकारी दिएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij