दुई दिनभित्र उपनिर्वाचनको नतिजा सार्वजनिक हुन्छ : आयुक्त थपलिया

दुई दिनभित्र उपनिर्वाचनको नतिजा सार्वजनिक हुन्छ : आयुक्त थपलिया

शुक्रवार, मंसिर १४ २०८१
शुक्रवार, मंसिर १४ २०८१
  • दुई दिनभित्र उपनिर्वाचनको नतिजा सार्वजनिक हुन्छ : आयुक्त थपलिया

    काठमाडौं । मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनको नतिजा मतदान सकिएको दुई दिनभित्र सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले दुई दिनभित्र सबै स्थानीय तहको नतिजा सार्वजनिक गर्नेगरी आयोगले आफ्नो काम गरेको जनाइएको छ । 
     
    मतदान सम्पन्न भएको भोलिपल्ट नै अधिकांश स्थानको नतिजा आइसक्छ जनाइएको छ । कानुन अनुसार मतदान भइसकेर मतपेटिका जम्मा भइसकेपछि राजनीतिक दलको सहमति जुटाएर मात्र मतगणना सुरु गर्नुपर्ने अवस्था रहेको छ । 

    पालिका अध्यक्ष, उपाध्यक्ष, नगरप्रमुख, उपप्रमुख र वडाध्यक्षसहित ४१ पदका लागि मङ्सिर १६ गते आइतबार मतदान हुँदैछ ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij