४ सहायक सीडीओसहित गृह मन्त्रालयका १२ उपसचिवको सरुवा, को कहाँ ?

४ सहायक सीडीओसहित गृह मन्त्रालयका १२ उपसचिवको सरुवा, को कहाँ ?

बिहिवार, मंसिर १३ २०८१
बिहिवार, मंसिर १३ २०८१
  • ४ सहायक सीडीओसहित गृह मन्त्रालयका १२ उपसचिवको सरुवा, को कहाँ ?

    काठमाडौं । गृह मन्त्रालयले ४ जना सहायक प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहित १२ जना उपसचिवको सरुवा गरेको छ । बिहीबार मन्त्रालयले उपसचिवहरू, कारागार प्रशासकहरू, सहायक प्रमुख जिल्ला अधिकारीहरू लगायतको सरुवा गरेको हो ।

    सार्वजनिक सूची अनुसार ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे, भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला र धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी सहदेव रायमाझीको मन्त्रालयमा सरुवा भएको छ भने चितवनका सहायक प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेको कारागार कार्यालय झुम्का, सुनसरीमा सरुवा भएको छ ।

    त्यस्तै, गृह मन्त्रालयका उपसचिव चिरञ्जीवी भण्डारीलाई भक्तपुरको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ भने मन्त्रालयका उपसचिव गीता घिमिरेलाई ललितपुरको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।

    यस्तै कारागार कार्यालय झुम्काका कारागार प्रशासक ध्रुवप्रसाद कोइरालालाई धनुषाको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ भने मन्त्रालयका उपसचिव खगेन्द्र सुवेदीलाई धनकुटाको सहायक प्रमुख जिल्ला अधिकारीमा खटाइएको छ ।

    यस्तै मन्त्रालयका उपसचिव चूडामणि शर्मालाई चितवनको सहायक प्रमुख जिल्ला अधिकारीमा पठाइएको छ भने उपसचिव चेतराज बराललाई सिराहाको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।

    यस्तै केन्द्रीय कारागार कार्यालय, जगन्नाथ देवल, काठमाडौँका कारागार प्रशासक कृष्णबहादुर कटुवाललाई गृह मन्त्रालय सरुवा गरेर मन्त्रालयका उपसचिव अञ्जन न्यौपानेलाई जगन्नाथ देवल पठाइएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij