प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत, भ्रमण दल ८७ सदस्यीय

प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत, भ्रमण दल ८७ सदस्यीय

बिहिवार, मंसिर १३ २०८१
बिहिवार, मंसिर १३ २०८१
  • प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत, भ्रमण दल ८७  सदस्यीय

    काठमाडौं । । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण स्वीकृत भएको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ओलीको भ्रमण स्वीकृत गरेको हो । 

    चीन भ्रमणमा ८७ सदस्यीय टोली सहभागी हुने भएको छ । ३९ जना सरकारी र ४८ जना नीजि क्षेत्रका व्यक्ति प्रधानमन्त्री ओलीको चीन भ्रमणमा सहभागी हुने भएका हुन् ।

    बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले भ्रमण टोलीका सदस्यको टुंगो लगाएको हो । प्रधानमन्त्री ओली आगामी १७ मंसिरमा चीनको औपचारिक भ्रमणमा जाँदैछन् । प्रधानमन्त्री ओलीले १८ मंसिरमा चीनको बेइजिङमा उच्चस्तरीय भेटवार्ता गर्नेछन् ।

    प्रधानमन्त्रीको चीन भ्रमणको तयारीका लागि  परराष्ट्रमन्त्री आरजु राणा देउवा आजै चीन गइसकेकी छन् । उनी शनिबार नेपाल फर्कने र पुनः प्रधानमन्त्रीसँग चीन जाने कार्यतालिका छ  ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij