काठमाडौं आइपुगे रवि लामिछाने, भोलिदेखि सहकारी ठगीमा बयान लिइने

काठमाडौं आइपुगे रवि लामिछाने, भोलिदेखि सहकारी ठगीमा बयान लिइने

बिहिवार, मंसिर १३ २०८१
बिहिवार, मंसिर १३ २०८१
  • काठमाडौं आइपुगे रवि लामिछाने, भोलिदेखि सहकारी ठगीमा बयान लिइने

    काठमाडौं । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज साँझ काठमाडौं ल्याइएको छ । कास्की प्रहरीको हिरासतमा रहेका उनलाई साँझ साढे ५ बजेको जहाजबाट काठमाडौं ल्याइएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनलाई काठमाडौंको कालिमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनबारे अनुसन्धानका लागि यहाँ ल्याइएको हो ।

    सोही विषयमा परेको जाहेरीका आधारमा उनीविरुद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । उनीमाथि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा सो प्रकरणबारे भोलिदेखि बयान लिइने छ । 

    उनीमाथि पोखरामा सूर्यदर्शन सहकारीको रकम अपचलन, संगठित अपराध र सम्पत्ती सुद्धीकरणमा अनुसन्धान भइरहेको छ । 

    यसअघि लामिछानेसँग रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमासमेत बयान लिइसकिएको छ । उता चितवनको साहारा सहकारीको रकम अपचलनमा पनि अनुसन्धानका लागि पक्राउ पुर्जी जारी भइसकेको छ । काठमाडौंपछि उनलाई चितवनमा लगेर बयान लिइने छ । 

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij