काठमाडौं । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा रहेका रास्वपाका सभापति रवि लामिछानेलाई काठमाडौं ल्याइँदै छ ।
लामिछानेलाई बुध्द एयरको विमानबाट काठमाडौं ल्याउन लागिएको छ । काठमाडौं उडानका लागि लामिछाने विमानमा बसिसकेका छन् । केहीबेरमा विमानले काठमाडौंका लागि उडान भर्ने छ ।
लामिछानेलाई पक्राउ गर्न काठमाडौं जिल्ला अदालतले काठमाडौं जिल्ला परिसरलाई अनुमति दिएको थियो ।
अब काठमाडौंस्थित सरकारी वकिलको कार्यालयमा उनको बयान लिइनेछ । प्रहरीका अनुसार उनलाई काठमाडौंमा ३ दिन राखिने छ ।