पिकअप गाडीको ठक्करबाट साइकलयात्रीको मृत्यु

पिकअप गाडीको ठक्करबाट साइकलयात्रीको मृत्यु

बिहिवार, मंसिर १३ २०८१
बिहिवार, मंसिर १३ २०८१
  • पिकअप गाडीको ठक्करबाट साइकलयात्रीको मृत्यु

    रूपन्देही । लुम्बिनी सांस्कृतिक नगरपालिका-८ भगतपुरवास्थित सडकमा लुम्बिनीबाट रामापुर-कलौनीतर्फ जाँदै गरेको लु.२ च ४८६१ नम्बरको पिकअप गाडीको ठक्करबाट साइकलयात्री सोही नगरपालिका-८ भगतपुरवा बस्ने २५ वर्षीय छोटु सेख भन्ने ग्यासुदिन सेखको बिहीबार बिहान मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भिम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो ।

    प्रहरीले पिकअप चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij