बुद्धचित्तको माला लुटपाट प्रकरणका आरोपी तामाङ ४ महिनामा पछि पक्राउ

बुद्धचित्तको माला लुटपाट प्रकरणका आरोपी तामाङ ४ महिनामा पछि पक्राउ

बिहिवार, मंसिर १३ २०८१
बिहिवार, मंसिर १३ २०८१
  • बुद्धचित्तको माला लुटपाट प्रकरणका आरोपी तामाङ ४ महिनामा पछि पक्राउ

    काठमाडौं । सिन्धुलीमा बोधिचित्त (बुद्धचित्त) को माला लुटपाट प्रकरणका आरोपी दूधराज तामाङ पक्राउ परेका छन् । उनलाई गएराति ९ बजे ललितपुरको हरिसिद्धीबाट पक्राउ परेका हुन् ।

    काभ्रे घर भएका तामाङ माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका केन्द्रीय सचिव हुन् ।

    गत साउन ४ गते सिन्धुलीको फिक्कल गाउँपालिका १ महादेव डाँडाका होमबहादुर सुनुवारको जग्गाबाट बोधिचित्तको माला लुटपाट भएको थियो । यो घटनामा सत्यमान लामा, दूधराज तामाङ, राकेश तामाङ, पुष्पलाल दोङ र शिव बरालसहित १३ जनाविरुद्ध डाँका, चोरी तथा लुटपाटको उजुरी परेको थियो ।

    सत्यमान लामा र दूधराज तामाङसहित तीन जना पक्राउ परे पनि अरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij