काठमाडौं । मकवानपुरको हेटौँडामा रहेको नेपाल विद्युत प्राधिकरणको केन्द्रीय वर्कशपमा आगलागी भएको छ । हेटौँडा उपमहानगरपालिका–५ भैरवरोडमा पुरानो सामान राखेको वर्कशपमा गएराति अचानक आगलागी भएको हो ।
नेपाल प्रहरी, हेटौंडा उपमहानगरपालिकाको नगर प्रहरी, विद्युत प्राधिकरणका कर्मचारी र दुई दमकलको सहयोगमा आगलागि एक घण्टामा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
आगलागीबाट कति क्षति भयो भन्ने विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।