काठमाडौं आउँदै गरेको कन्टेनर मकवानपुरमा दुर्घटना, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

काठमाडौं आउँदै गरेको कन्टेनर मकवानपुरमा दुर्घटना, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

बिहिवार, मंसिर १३ २०८१
बिहिवार, मंसिर १३ २०८१
  • काठमाडौं आउँदै गरेको कन्टेनर मकवानपुरमा दुर्घटना, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

    काठमाडौं । पूर्वपश्चिम राजमार्गस्थित मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१५, चुरियामाईमा एक कन्टेनर पल्टिएको छ । वीरगन्जजबाट काठमाडौं जाँदै गरेको मधेस प्रदेश०३-००१ ख ६७३८ नम्बरको मोबिल लोड गरिएको लहरी बिहीबार (आज) बिहान १०:३० बजेतिर अनियन्त्रित भई सडकमा पल्टिएको हो ।

    दुर्घटनामा गाडी चालक मकवानपुरको मनहरी गाउँपालिका-६ निवासी करिब ३० वर्षीय महेश मोक्तान घाइते भएका छन् । उनको दाहिने हातमा चोट लागेको मकवानपुर प्रहरीले जनाएकाे छ ।

    प्रहरीका अनुसार चालक मोक्तानको उपचार हेटौँडा अस्पताल भइरहेको छ । दुर्घटनापछि राजमार्गको दुवैतर्फ यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ ।

    घटनास्थलमा प्रहरी परिचालन गरी क्रेनको सहायताले कन्टेरन उठाई सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएकाे छ । 

    लहरी सडकमै पल्टिएका कारण यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न मकवानपुर प्रहरीले सुझाव दिएको छ ।

    दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij