अवैध रूपमा ल्याइएका ८६ लाखभन्दा बढीका सामानसहित ट्रक र कन्टेनर प्रहरीको नियन्त्रणमा

अवैध रूपमा ल्याइएका ८६ लाखभन्दा बढीका सामानसहित ट्रक र कन्टेनर प्रहरीको नियन्त्रणमा

बिहिवार, मंसिर १३ २०८१
बिहिवार, मंसिर १३ २०८१
  • अवैध रूपमा ल्याइएका ८६ लाखभन्दा बढीका सामानसहित ट्रक र कन्टेनर प्रहरीको नियन्त्रणमा

    बरहथवा । सर्लाही प्रहरीले कर्मैयास्थित बागमती चेकपोष्टबाट ठूलो परिमाणमा अवैध रूपमा ल्याइएका सामानसहित ट्रक र कन्टेनर नियन्त्रणमा लिएको छ । 

    बुधबार पूर्व–पश्चिम राजमार्गस्थित बागमती नगरपालिका–१२, चेकपोष्टबाट इलाका प्रहरी कार्यालय कर्मैयाबाट खटिएको प्रहरी टोलीले प्रदेश १–०१–००१ ख ४१९० नम्बरको ट्रकबाट बिलबिजकभन्दा अधिक २० लाख ७५ हजार ५ सय २७ रुपैयाँ बराबरको चिनियाँ लसुन बरामद गरेको हो । 

    यसैगरी, वीरगञ्जबाट झापाको बिर्तामोडतर्फ गइरहेको ना७ख ९४६५ नम्बरको कन्टेनरबाट  अवैध रूपमा ल्याइएका  मोटरपार्टस् बरामद भएका प्रहरीले जनाएको छ । प्रज्ञापनपत्र नभएका मोटरपार्टस्, टायरलगायत सामान तथा बिलबिजकमा उल्लेख भएभन्दा बढी भाँडावर्तन र तयारी कपडा बरामद भएको हो । 

    वरामद ती सामान ६५ लाख ८६ हजार ९ सय ६१ रुपैयाँ बराबरका भएको जिल्ला प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो । ट्रक र कन्टेनरका गरी रु ८६ लाख ६२ हजार ४ सय ८८ बराबरका अवैध सामान पथलैयास्थित राजस्व अनुसन्धान कार्यालय पठाइएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij