मकवानपुरमा साबेल प्रहार गरी मजदुरको हत्या

मकवानपुरमा साबेल प्रहार गरी मजदुरको हत्या

बिहिवार, मंसिर १३ २०८१
बिहिवार, मंसिर १३ २०८१
  • मकवानपुरमा साबेल प्रहार गरी मजदुरको हत्या

    काठमाडौं । मकवानपुरमा साबेल प्रहार गरी एक जना पुरुषको हत्या गरिएको छ । मकवानपुरको मनहरी गाउँपालिका- ६ मा भएको घटनामा ५० वर्षीय पुरुषको मृत्यु भएको हो ।

    मनहरी क्षेत्रमा मजदुरी काम गर्ने ५० वर्षका जीतबहादुर मोक्तानलाई सँगै मजदुरी गर्ने ३४ वर्षका अम्बरबहादुर लोप्चनले सुतिरहेको अवस्थामा साबेल प्रहार गरी हत्या गरेको मकवानपुर प्रहरीले जनाएको छ ।

    साबेल प्रहारबाट गम्भीर घाइते भएका मोक्तानलाई उपचारको लागि भरतपुर लगिए पनि अस्पतालका डाक्टरले मृत घोषण गरेको प्रहरीको भनाइ छ ।

    हत्या आरोपी लोप्चनलाई प्रहरीले पक्राउ गरी अनुसन्धान जारी राखेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij