सट्टेबाजीमा ५५ करोडको कारोबार गर्ने युवक पक्राउ

सट्टेबाजीमा ५५ करोडको कारोबार गर्ने युवक पक्राउ

बुधवार, मंसिर १२ २०८१
बुधवार, मंसिर १२ २०८१
  • सट्टेबाजीमा ५५ करोडको कारोबार गर्ने युवक पक्राउ

    काठमाडौं । अनलाइन जुवामार्फत ५५ करोडको कारोबार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पाँचथरको मिक्लाजुङ गाउँपालिका-७ का ३७ वर्षीय सुनिल राईलाई पक्राउ गरेको हो ।

    बेटिङ एपमार्फत उनले अनलाइन जुवा खेलाएको आरोप छ । साथै, उनले क्रिप्टो करेन्सी ट्रेड गर्ने गरेको पनि प्रहरीले जनाएको छ ।

    हाल ललितपुरको महालक्ष्मी नगरपालिका ४ अफलटोल बस्ने राईले ७५ वटा बैंक खाता, १२८ वटा ईसेवा वालेट लगायत प्रयोग गरी हालसम्म ५५ करोड २० लाख ८४ हजार ७१ रुपैयाँ बराबरको कारोबार गरेको खुलेको छ । उनले २५ भन्दा बढी जिमेल एकाउन्ट खोलेर वान एक्सबेटमा प्रयोग गरेको पाइएको छ ।

    विभिन्न व्यक्तिका नागरिकता, पासपोर्ट लगायतका सामग्री पनि प्रहरीले बरामद गरेको छ । थप कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij