प्रतिबोरा सय रुपैयाँले बढ्यो सिमेन्टको मूल्य, खारेज गर्न निर्माण व्यवसायीको माग

प्रतिबोरा सय रुपैयाँले बढ्यो सिमेन्टको मूल्य, खारेज गर्न निर्माण व्यवसायीको माग

बुधवार, मंसिर १२ २०८१
बुधवार, मंसिर १२ २०८१
  • प्रतिबोरा सय रुपैयाँले बढ्यो सिमेन्टको मूल्य, खारेज गर्न निर्माण व्यवसायीको माग

    काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले सिमेन्टलगायत निर्माण सामाग्रिको मूल्य वृद्धिको विरोध गरेको छ । आज महासंघले विज्ञप्ति निकालेर मूल्य वृद्धि नै खारेज गर्न माग गरेको हो । पटक पटक गरेर १ महिनामा नै सिमेन्टको मूल्य प्रति बोरा १ सय रुपैयाँ मूल्य वृद्धि भएको महासंघले बताएको छ ।

    ‘सिमेन्ट लगायतका निर्माण सामग्री उत्पादनसँग सम्बन्धित इन्धन सहित कुनै पनि कच्चा पदार्थमा मूल्य वृद्धि नहुँदा पनि कार्टेलिङ गरी विगत एक महिनाको अवधिमा नै पटक पटक गरी प्रति बोरा १ सयभन्दा बढी मूल्य वृद्धि गरिएको छ । निर्माण कार्य हुने अहिलकै सिजनमा सिमित सिमेन्ट उद्योगीहरूले मूल्य वृद्धिसँगै कार्टेलिङ गरी उत्पादनमा समेत कटौती गरेकाले भुक्तानी अभाव लगायतका कारण अत्यन्त सकसमा रहेको निर्माण उद्योग थप मारमा परेको यस महासंघको ठहर छ ।’

    विगतमा पनि पटक पटक भएका यस किसिमका मूल्य वृद्धिका कारण अन्ततः पूर्वाधार खर्च बढ्न गई नेपाल सरकारका सार्वजनिक निकायहरूलाई नै आर्थिक बोझ थपिएको महासंघले बताएको छ । मूल्य वृद्धि खारेज नभए महासंघ बाध्य भएर देशभरका निर्माण कार्य ठप्प पर्ने बताएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij