सबैको पहुँच हुने गरी मतदान केन्द्र निर्माण गर्न निर्वाचन आयोगको निर्देशन

सबैको पहुँच हुने गरी मतदान केन्द्र निर्माण गर्न निर्वाचन आयोगको निर्देशन

बुधवार, मंसिर १२ २०८१
बुधवार, मंसिर १२ २०८१
  • सबैको पहुँच हुने गरी मतदान केन्द्र निर्माण गर्न निर्वाचन आयोगको निर्देशन

    काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनका लागि बन्ने मतदान केन्द्र सबैको पहुँच हुने गरी निर्माण गर्न निर्देशन दिएको छ । बुधबार प्रेस विज्ञप्ति जारी गर्दै आयोगले गर्भवती महिला, अशक्त, बिरामी, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिको सहज पहुँच हुने गरी मतदान केन्द्र निर्माण गर्न निर्देशन दिएको हाे ।

    आयोगले भनेको छ, ‘मतदानमा खटिएका कर्मचारीले मतदान केन्द्र निर्माण गर्दा सम्बन्धित स्थानीय तहसँगको सहयोग र समन्वयमा गर्भवती महिला, अशक्त, बिरामी, जेष्ठ नागरिक र अपाङ्गता भएका मतदाताको गोप्य मतदान कक्षसम्म जानको लागि सहज मार्गको व्यवस्था, उपयुक्त स्थानमा गोप्य मतदान कक्ष तथा मतपेटिका राख्ने व्यवस्था, मतदान केन्द्रमा प्रवेश गर्दा र मतदान गरिसकेपछि बाहिर निस्किँदा सहज मार्गको व्यवस्था एवं सम्भव भएसम्म विश्रामस्थलको समेत व्यवस्थाका लागि निर्देशन दिइएको छ ।’

    आयोगले मंसिर १६ गते आईतबारका दिन हुने स्थानीय तह उपनिर्वाचनमा गर्भवती महिला, अशक्त, बिरामी, ज्येष्ठ नागरिक र अपाङ्गता भएका मतदातालाई समेत सहजतापूर्वक मतदान केन्द्रमा गई आफ्नो अमूल्य मत प्रदान गर्न यथोचित व्यवस्थाका लागि उपनिर्वाचन हुने स्थानीय तहलाई यसअघि नै निर्देशन दिइसकेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij