सहकारी ठगी प्रकरणमा प्रहरी इन्सपेक्टर निलम्बित

सहकारी ठगी प्रकरणमा प्रहरी इन्सपेक्टर निलम्बित

बुधवार, मंसिर १२ २०८१
बुधवार, मंसिर १२ २०८१
  • सहकारी ठगी प्रकरणमा प्रहरी इन्सपेक्टर निलम्बित

    काठमाडौं । सहकारी ठगी प्रकरणमा नेपाल प्रहरीका एक जना प्रहरी निरीक्षक निलम्बनमा परेका छन् । प्रहरी प्रधान कार्यालयले इन्स्पेक्टर धर्मेन्द्र अकौलियालाई निलम्बन गरेको हो ।

    पुराना घटनामा फरार सूचीमा रहेकाहरुलाई खोजी गर्ने क्रममा प्रहरी वृत्त, स्वयम्भूले आफ्नै प्रहरी निरीक्षक अकौलिया पनि फरार सूचीमा रहेको फेला पारेको थियो । त्यसपछि उनलाई गएको ४ मंसिरमै जिल्ला अदालत, काठमाडौंमा बुझाएको थियो । अदालतले उनलाई १ लाख रुपैयाँ धरौटीमा छाडेको थियो ।

    तर, हालसम्म उनीलाई प्रहरीले निलम्बनमा राखेको काठमाडौं प्रहरीले जनाएकाे छ । प्रहरीका अनुसार, मारुती बचत तथा ऋण सहकारी संस्थाको सदस्यका रुपमा उनीविरुद्ध २०८० भदौमा जाहेरी परेको थियो । पछि मुद्दा दर्ता भएर अदालत पुगिसक्दा पनि उनी हाजिर भएका थिएनन् ।

    एक अधिकृतका अनुसार, सहकारीको विगो दाबी रकम पनि थोरै भएकाले आरोपीहरुले यो प्रकरणमा मिलापत्र गरिसकेका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij