वार्तापछि नियमित उडानमा फर्किए वायुसेवा निगमका पाइलट

वार्तापछि नियमित उडानमा फर्किए वायुसेवा निगमका पाइलट

बुधवार, मंसिर १२ २०८१
बुधवार, मंसिर १२ २०८१
  • वार्तापछि नियमित उडानमा फर्किए वायुसेवा निगमका पाइलट

    काठमाडौं । सरकारसँग सहमति भएपछि नेपाल एयरलाइन्सका पाइलटहरू काममा फर्किएका छन् । सेवा सुविधाको माग गर्दै बिरामीको बहाना बनाएर पाइलटहरू हडतालमा थिए । हडतालका कारण उडान प्रभावित बनेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पाइलटहरूसँग वार्ता गरेका हुन् । 

    वार्तापछि पाइलटहरूले उडानमा फर्किने निर्णय लिएको मन्त्रालयले जनाएकाे छ । मन्त्रालयका अनुसार पाइलटले उठाएका सेवा सुविधाका विषयमा वैज्ञानिक आधारमा सम्बोधन गर्ने प्रतिबद्धता मन्त्रालयको तर्फबाट भएको छ । यसमा पर्यटन मन्त्रालय, अर्थ मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणको समन्वयमा काम हुनेछ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij