४० सदस्यीय सरकारी टोलीसहित प्रधानमन्त्री ओली चीन भ्रमणमा जाने

४० सदस्यीय सरकारी टोलीसहित प्रधानमन्त्री ओली चीन भ्रमणमा जाने

बुधवार, मंसिर १२ २०८१
बुधवार, मंसिर १२ २०८१
  • ४० सदस्यीय सरकारी टोलीसहित प्रधानमन्त्री ओली चीन भ्रमणमा जाने

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमा ४० सदस्यीय सरकारी टोली सहभागी हुने भएको छ । भ्रमणमा सरकारी टोलीका अतिरिक्त उद्योगी व्यवसायी पनि हुनेछन् ।

    भ्रमण टोलीमा सहभागी हुने नेपाली टोलीको कूल संख्या यकिन भइसकेको छैन ।

    परराष्ट्रमन्त्री आरजु राणा देउवा बिहीबार चीन जानेछिन् । उनी शनिबार नेपाल फर्किएर पुनः सोमबार चीन प्रस्थान गर्ने कार्यतालिका बनेको छ ।

    चिनियाँ राष्ट्रपति सी चिनफिङसँग १८ मंसिरमा भेट हुनसक्ने अपेक्षा गरिएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij